लखन कपको उपाधि पुरुषतर्फ एनविए र महिलातर्फ जैमिनीलाई
बाग्लुङ | फागुन १६, २०८०
बागलुङ: तेस्रो लखन कप २०८० को पुरुष भलिबलको उपाधि एनविए र महिला भलिबलको उपाधि जैमिनीले जितेको छ ।
मंगलबार सम्पन्न फाईनल खेलमा पुरुष भलिबलतर्फ सिद्धार्थ चस्मा घर नरेठाँटी बजार एरिया एनबिए गलकोटले होटल रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाडौंलाई सोझो सेटमा पन्छाउँदै लखन कप २०८० को उपाधि चुमेको हो ।
एनविएरले २५—२०, २५—१७ र २५—१७ को स्कोरमा जित हाँसिल गरेको थियो । उपाधि जितेको एनविएले नगद ८१ हजार एक सय ८१ रुपैयाँ नगद, मेडल ट्रफी र प्रमाणपत्र पाएको छ ।
एनविएलाई उपाधि दिलाउन क्याप्टेन अशोक सुनारको प्रदर्शन उच्च रह्यो । उपाधि होडमा पछि परेको रोयल बिजीले नगद ४१ हजार एक सय ४१ रुपैयाँ नगद मेडल ट्रफी र प्रमाणपत्र पाएको छ ।
महिलातर्फको भलिबल फाईनलमा जैमिनी भलिबलले ताराखोला गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ । जैमिनीले २५—१६, २५—२० र २५—१७ को स्कोरमा जित दर्ता गरेको हो ।
जैमिनीलाई जित दिलाउन आशिका क्षेत्रीले उच्च योगदान गरिन् । महिला भलिबलको उपाधि जितेको जैमिनीले नगद ३० हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । दोस्रो स्थानमा चित्त बुझाएको ताराखोलाले नगद १५ हजार मेडल ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
प्रतियोगिताभर उच्च प्रदर्शन गरेको पुरुषतर्फ एनबिएका कप्तान अशोक सुनार र महिलातर्फ जैमिनीका आशिका क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
मगर दिवसको अवसरमा आयोजना गरिएको घैटोफोड प्रतियोगितामा कविता श्रीसले घैटो फोड्न सफल भईन् । महिला रस्साकस्सी प्रतियोगितामा विष्णु पुनको समूह प्रथम र उपल्लाचौर समुह द्वितीय भयो ।
समय अभावका कारण पुरुष रस्साकस्सी हुन सकेन । महिलो छेलो फाल्ने प्रतियोगितामा विष्णु पुन मगर प्रथम, सम्झना थापा मगर द्वितीय र राजकुमारी पुन तृतीय भए । पुरुषतर्फको छेलो प्रतियोगितामा दुजिक थापमगर प्रथम, अमरबहादुर पुन मगर द्वितीय र मिलन पाईजा तृतीय भए ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

